कुचबिहारको घोकसाडाङ्गा अञ्चलका पञ्चायत सदस्य तृणमूल छोडेर भाजपा-मा सामेल

कुचबिहार : अभिषेक बन्दोपाध्यायको जनसभा शुरू हुन अघि कुचबिहारको घोकसाडाङ्गा अञ्चलका एकजना पञ्चायत सदस्य तृणमूल छोडेर भाजपामा सामेल भएका छन्। गत दुई दिन अघि तृणमूलको तर्फबाट एउटा पत्रकार सम्मेलनको आयोजना गरेर घोकसाडाङ्गा अञ्चलका भाजपा उप प्रधान र एकजना पञ्चायत सदस्य तृणमूल-मा सामेल भएका थिए। माथाभाङ्गा भाजपा विधायक सुशील बर्मन पनि तृणमूलमा सामेल हुनेछन् भन्ने अडकल लगाइएको थियो। कुचबिहार जिल्ला भाजपा सभापतिको कार्यालयमा आज माथाभाङ्गाका भाजपा विधायक सुशील बर्मनको नेतृत्वमा एकजना पञ्चायत सदस्य भाजपामा सामेल भएका छन्। विधायक सुशील बर्मनले दलीय झण्डा प्रदान गरेर तिनलाई आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *