कुचबिहारको गुरूद्वारामा भाजपाको तर्फबाट वीर बाल दिवस पालन

कुचबिहार: कुचबिहारको गुरूद्वारामा भाजपाको तर्फबाट वीर बाल दिवस पालन गरियो। यस अवसरमा कुचबिहार जिल्ला भाजपा अध्यक्ष तथा उत्तर विधानसभाका विधायक सुकुमार राय, कुचबिहार दक्षिण विधानसभा केन्द्रका विधायक निखिल रञ्जन दे लगायत अन्य भाजपा नेतृत्वहरू उपस्थित थिए। यस दिन भाजपाका नेतृत्वहरूले कुचबिहारमा गुरुद्वाराको भ्रमण गरेपछि जीर्ण अवस्थामा रहेको गुरुद्वारा व्यवस्थित गर्ने विषयमा आगामी दिनमा पहल गर्ने बताए। कुचबिहार दक्षिण विधानसभा केन्द्रका विधायक निखिल रञ्जन दे –ले भने, प्रधानमन्त्रीको निर्देश अनुसार आज देशभरिमै भाजपा लगायत सिख समुदायका मानिसहरूले वीर बाल दिवस पालन गरिरहेको छ। मुख्य रूपमा आजकै दिन मुगलहरूको अत्याचारमा 2 जना सिख बालक सहिद बनेका थिए। यसैले ती 2 बालकलाई सम्मान जनाउने उद्देश्यले आज वीर बाल दिवस पालन गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *