कुचबिहारको कलाबगान इलाकाबाट चितुवा उद्धार

कुचबिहार: कुचबिहार नगरपालिका अन्तर्गत 3 नम्बर वार्डको कलाबगान इलाकाबाट वन कर्मीहरूले आज बिहान एउटा चितुवा उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार उद्धार गरिएको चितुवालाई जलदापाडा रेञ्ज कार्यालयमा लगियो। स्वास्थ्य परीक्षण गरेपछि उक्त चितुवालाई सुरक्षित वनमा लगेर छोडिने बताइएको छ। आज बिहान सर्वप्रथम स्थानीय मानिसहरूले कलाबगान इलाकामा चितुवाको खुट्टाको छाप देखे अनि यसपछि एकजना व्याक्तिले चितुवा देखेपछि यसबारे वन विभाग र पुलिसलाई जानकारी गराए। घटनाको खबर पाएर पुलिस अनि वन विभागका कर्मीहरू घटना स्थलमा पुगेर लगातार घन्टौंसम्मको प्रयासपछि चितुवालाई उद्धार गर्न सफल भए। वन विभागले लगाएको प्राथमिक अनुमान अनुसार भोजनको खोजीमा सम्भवत उक्त चितुवा गाउँमा पसेको हुन सक्छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *