कुचबिहारको मरा तोर्षा नदीमा नुहाउन गएका छात्र नदीमा डुबेर निखोज

कुचबिहार : कुचबिहारको मरा तोर्षा नदीमा नुहाउन गएका छात्र नदीमा डुबेर निखोज भएको छन्। निखोज छात्र कुचबिहारको 2 नम्बर ब्लकको खागराबारी ग्राम पञ्चायतको उत्तर खागराबारी इलाका निवासी रोहित बर्मनको रूपमा चिन्हित गरिएको छ। तिनी मनीन्द्रनाथ हाई स्कुलका छात्र हुन्। प्राप्त जानकारी अनुसार आज अपरान्ह रोहित बर्मन लगायत मोठ 4 जना मरा तोर्षा नदीमा नुहाउन गएको समय तीमध्ये रोहित नदीमा डुबेर निखोज भएको छ। घटनाको खबर पाएर पुन्डीबारी थाना पुलिस र सिभिल डिफेन्सका कर्मचारीहरू घटनास्थलमा पुगेर निखोज छात्रको खोजी गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *