कुचबिहारको मेखलीगञ्जमा दम्पतिको शव उद्धार

कुचबिहार : कुचबिहार जिल्लाको मेखलीगञ्ज विधानसभा अन्तर्गत रानीरहाट इलाकामा दम्पतिको शव उद्धार भएको छ। मृतक दम्पति राजकुमार हरिजन (36) र मञ्जु हरिजनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले ती दम्पतिलाई धेरैपल्ट बोलाउँदा पनि कुनै उत्तर नदिएपछि दैलो खोलेर हेर्दा दुवै दम्पतिलाई मरेको अवस्थामा भेट्टाएको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि मेखलीगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। दुई दम्पतिले आत्महत्या गरेको हो अथवा कसैले तिनीहरूको हत्या गरिदिएको हो भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *