कुचबिहारको मीनाकुमारी चौपथी इलाकाको 4 वटा दोकानमा चोरी

कुचबिहार : कुचबिहार सहरको भवानीगञ्ज बजारको मीनाकुमारी चौपथी इलाकामा चारवटा दोकानमा चोरी भएको छ। प्राप्त जानकारी अनुसार गत राति मीना कुमारी चौपथी इलाकाको चारवटा दोकानमा चोरले दोकानको टिन काटेर त्यहाँ राखेको समानहरू चोरेर लगेको बताइएको छ। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर छानबीन गरे। स्थानीय व्यवसायीहरूले बताएअनुसार सधैँ झैँ हिजो राति पनि आफूहरू दोकान बन्द गरेर घर गएका थियौँ। आज बिहान दोकानेहरू आएर दोकान खोल्दा दोकानको पछिल्तिरको टिन काटेर सबै समानहरू चोरी गरेर लगेको थाहा पायौँ। सहरको मुख्य बजारमा यस प्रकारको घटना भएपछि सुरक्षा व्यवस्थालाई लिएर व्यवसायीहरूले क्षोभ प्रकट गरे। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *