कुचबिहारको पुन्डीबारीमा रक्तदान शिविर

कुचबिहार : कुचबिहारको पुन्डीबाड़ी अञ्चल तृणमूल कांग्रेसको तर्फबाट आज पार्टी कार्यालयमा एउटा रक्तदान शिविरको आयोजना गर्यो। उक्त रक्तदान शिविरको कुचबिहार जिल्ला तृणमूल कांग्रेसका कार्यकारी अध्यक्ष पार्थप्रतीम रायले उद्घाटन  गरे। शिविरमा स्थानीय तृणमूल कांग्रेसका नेता लगायत कार्यकर्ताहरू उपस्थित थिए। हाल कोरोना महामारीको समयमा अस्पतालहरूमा रगतको कमी भएकोले गर्दा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *