कुचबिहारको रास मेलामा फुटपाथ व्यवसायीहरूलाई दोकान थाप्ने अनुमति दिनुपर्ने मागमा व्यवसायीहरूद्वारा सडक अवरोध

कुचबिहार (निसं):  कुचबिहारको रास मेलामा फुटपाथ व्यवसायीहरूलाई दोकान थाप्ने माग गर्दै आज व्यवसायीहरूले मेलामै सडक जाम गरेर विरोध प्रदर्शन गरे। व्यवसायीहरूको आरोप अनुसार तिनीहरूले लामो समयदेखि रास मेलामा फुटपाथमा व्यवसाय गरिरहेका थिए भने नगरपालिकालाई ट्याक्स समेत दिएका छन्। तर गत वर्षदेखि तिनीहरूलाई फुटपाथमा व्यवसाय गर्ने अनुमति छैन। हिजो पुलिस प्रशासनले अचानक फुटपाथबाट दुकानहरू हटाइदियो। यसैले गर्दा आज आफूहरूले विरोध प्रदर्शन गर्दै मेलामा व्यवसाय गर्ने अनुमति दिनुपर्ने माग समेत गरेका छौँ। घटनाको खबर पाएर कुचबिहार दक्षिण विधानसभा क्षेत्रका विधायक निखिल रञ्जन दे घटनास्थलमा पुगेर व्यवसायीहरूसित भेट गरेर कुराकानी गरे। कुचबिहारको यस ऐतिहासिक रासमेलामा फुटपाथ व्यवसायीहरूले लामो समय अघिदेखि व्यवसाय गर्दै आएका छन् तर अचानक किन हटाइँदैछ ? यस विषयमा नगरपालिकाका चेरयरम्यान लगायत नगर मन्त्रीसित कुराकानी गरेर समस्याको समाधान गर्ने आग्रह गर्दछु भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *