कुचबिहारको सागरदिघीमा नुहाउने क्रममा नदीमा डुबेर व्यक्तिको मृत्यु

कुचबिहार : कुचबिहारको सागरदिघीमा नुहाउँदा नदीमा डुबेर व्यक्तिको मृत्यु भएको छ। हालसम्म मृतक व्यक्तिको नाम थाहा लागेको छैन। आज दिउँसो सिभिल डिफेन्सका सदस्यहरूले सागरदिघी अदालत नजिकै नदी घाटबाट व्यक्तिको शव उद्धार गरेको छ। स्थानीय मानिसहरूले बताएअनुसार उक्त व्यक्ति साइकलमा सवार भएर आएका थिए। पछि तिनी नदीमा स्नान गर्न ओर्लिएपछि धेरै समय बितिसक्दा पनि बाहिर ननिस्केपछि घटनाबारे सिभिल डिफेन्सलाई खबर दिए। घटनाको खबर पाएर सिभिल डिफेन्सका सदस्यहरू घटनास्थलमा पुगेर व्यक्तिको शव उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *