कुचबिहारको सागरदिघीमा अज्ञात व्यक्तिको शव उद्धार

कुचबिहार : कुचबिहारको सागरदिघीमा आज अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान मर्निङ वकमा गएका स्थानीय मानिसहरूले कुचबिहारको सागरदिघीमा मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *