कुचबिहारको सिताईमा बम सहित बम बनाउने सामग्री उद्धार, 2 जना पक्राउ

कुचबिहार : कुचबिहारको सिताई विधानसभाको मोरभाङ्गा आदाबारी इलाकाबाट बम लगायत बम बनाउने सामग्री उद्धार गर्नको साथै 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा सन्तोष दास र सुरत दास सामेल छन्। गोप्य सूचनाको आधारमा सिताई थाना पुलिसले आज दिउँसो सन्तोष दासको घरमा अभियान चलाएर 3 वटा जिउँदो बम सहित बम बनाउने सामग्री उद्धार गरेको बताइएको छ। पुलिसले सन्तोष दास सहित तिनको सहयोगी सुरत दासलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *