कुचबिहारको सिताईमा पिस्तोल, जिउँदो कार्तुस सहित 5 जना डकैत पक्राउ

कुचबिहार: अपराधमूलक घटनालाई अन्जाम दिन अगावै पुलिसले कुचबिहारको सिताई सिङ्गीमारी इलाकाबाट 5 जना डकैतलाई पक्राउ गर्नको साथै पिस्तोल र जिउँदो कार्तुस पनि उद्धार गरेको छ। पक्रा परेकाहरूमा टुटुल बर्मन, प्रसनजीत विश्वास, माहलम शेख, आनिसुल इस्लाम र बसेर अली सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा सिताई थाना पुलिसले यहाँको सागरदिघी ब्रिज नजिक सिङ्गीमारी नदी तट इलाकामा अभियान चलाएर 5 जना डकैतको टोलीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूबाट पुलिसले एउटा देसी पिस्तोल, 8 वटा जिउँदो कार्तुस, 5 वटा खाली जर्दाको डब्बा, 10 प्याकेट चकलेट बम, पाटको डोरी, रड, 4 वटा सानो टर्च लाइट, 2 वटा ग्यास लाइटर उद्धार गरेको छ। अपराधमूलक घटनालाई अन्जाम दिने उद्देश्यले 5 जना डकैतको टोली भेला भए तापनि पुलिसले यसभन्दा अगावै तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *