कुचबिहारको स्टेसनरी दोकानमा आगलागी

कुचबिहार : कुचबिहारको एनएन रोड संलग्न मिना कुमारी चौपथी इलाकामा रहेको दोकानमा आगलागीको घटना घटेको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले कुचबिहारको एनएन रोड संलग्न मिना कुमारी चौपथी इलाकामा रहेको एउटा स्टेसनरीको दोकानबाट धुवाँ निस्केको देखेपछि तत्कालै अग्निशमन विभाग तथा पुलिसलाई खबर दिए। घटनाको खबर पाएर दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 1 घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएको बताइएको छ। सट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने दमकल विभाग तथा पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *