कुचबिहारमा तोर्षा नदीमा डुबेर नाबालिकाको मृत्यु

कुचबिहार : कुचबिहारमा तोर्षा नदीमा डुबेर एकजना नाबालिकाको मृत्यु भएको छ। उक्त घटना कुचबिहारको करिशल हजुर साहेब मजार संलग्न इलाकामा घटेको हो। मृतक नाबालिका सोहाना परबीनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार नाबालिका करिशल हजुर साहेब मजार संलग्न इलाकामा मामाको घरमा घुम्न आएकी थिइन्। त्यहाँ आमासित नदीमा नुहाउने क्रममा सोहाना नदीमा डुबेपछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर कुचबिहारको एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *