कुचबिहारमा 120 लिटर मिलावटी दूधसँगै तीन पक्राउ

कुचबिहार: गोप्य सूचनाको आधारमा पुन्डीबाड़ी पुलिसले कुचबिहार-2 नम्बर ब्लकको खागड़ाबाड़ी अञ्चलको खारीजा काकरीबाड़ी इलाकामा विशेष अभियान चलाएर 120 लिटर मिलावटी दुध उद्धार गरेको छ। यस घटनाको सम्बन्धमा पुलिसले गुड़ीयाहाटी निवासी तीनजना क्रमैले अमित घोष, शंकर घोष र अभिजीत घोषलाई पक्राउ गरेको छ। सूत्र अनुसार कुचबिहार 2 नम्बर ब्लकको खागड़ाबाड़ी अञ्चलको खारीजा काकरीबाड़ी इलाकामा गत केही महिना अघिदेखि एउटा घर किरायमा लिएर एक किलो शुद्ध दुधमा पाउडर दुध तथा क्यामिकल मिलाएर 10 किलो मिलावटी दूध बनाइरहेको थियो। ती मिलावटी दुधहरू कुचबिहार शहरको विभिन्न इलाकामा बेच्ने गरिन्थ्यो। पुलिसले यस घटनाबारे थाहा पाएपछि घटनाको जाँच शुरू गर्नको साथै तीन जनालाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *