कुचबिहारमा आगलागीमा दोकान जलेर स्वाहा

कुचबिहार : कुचबिहारको भवानीगञ्जस्थित एउटा दोकानमा आज आगलागी हुँदा इलाकामा आतङ्क मच्चियो। आगलागीबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको तीनवटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि दोकान पूर्ण रूपले जलेर खरानी भएको बताइएको छ। उक्त आगलागीमा लाखौँ रुपियाँको नोक्सान भएको पीडित दोकान मालिकले बताए। तथापि, के कारणले उक्त आगलागी भएको हो भन्नेबारे हालसम्म थाहा नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *