कुचबिहारमा आगलागीमा दुईवटा घर जलेर खरानी

कुचबिहार : कुचबिहारको पूर्व खगराबारी इलाकामा आगलागी हुँदा दुईवटा घर जलेर खरानी भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज उक्त दुवै घरका मानिसहरू घरमा नरहेको समय आगलागी भएको हो। यसपछि स्थानीय मानिसहरूले दमकल विभागलाई आगलागीबारे जानकारी दिएपछि दमकलका दुईवटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँसम्मको प्रयासमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि दुवै घरमा रहेको सबै सर-समान लगायत आवश्यक कागजपत्रहरू जलेर खरानी भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *