कुचबिहारमा आग्नेयास्त्रसहित एकजना पक्राउ

कुचबिहार :  विधानसभा चुनाउको मुखैमा कुचबिहारको मिनी बस स्ट्यान्डबाट पुलिसले आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक दिनहाटा निवासी मजिदुल हकको रूपमा चिन्हित गरिएको छ। कुचबिहार जिल्लाका अतिरिक्त पुलिस अधीक्षक कुमार सनी राजले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यहाँको मिनी बस स्ट्यान्डबाट तीनवटा अत्याधुनिक आग्नेयास्त्र, 21 राउण्ड जिउँदो कार्तुस र तीनवटा अलग-अलग म्यागजिन उद्धार गर्नको साथै एकजना युवकलाई पक्राउ गरेको बताए। उक्त घटनामा एउटा गुट सामेल हुनसक्ने आशंकामा आरोपी युवकसित सोधखोज गरिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *