कुचबिहारमा बाबुको हत्या गरेपछि छोराले गरे आत्महत्या

कुचबिहार:  कुचबिहार मेखलीगञ्जको कुचलीबारीमा बाबुको हत्या गरेपछि छोराले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार गत एक महिना अघि कामले गर्दा टफसुल हुसेन (45) र तिनको छोरा आबु बक्कर सिद्दिक (30) मेखलीगञ्जको कुचलीबारीमा आएका थिए भने तिनीहरू कुचबिहारको शुक्टाबारी निवासी हुन्। तिनीहरूले स्थानीय एउटा स्कुलमा पानीको ट्याङ्की बनाउने कार्य गरिरहेका थिए। तिनीहरूसित अझ एकजना युवक पनि थिए। आरोप अनुसार आज एकाबिहानै टफसुलका छोराले लट्ठीले प्रहार गरेर तिनको हत्या गरेपछि स्कुलको बरान्डामा घाँटीमा पासो लगाएर  आत्महत्या गरेको बताइएको छ। उक्त घटनापछि तिनीहरूसँग बस्ने अर्का एकजना युवक त्यहाँबाट भागेर स्थानीय एकजना निवासीलाई घटनाबारे विस्तृत रूपमा जानकारी गराएको बताइएको छ। घटनापछि आज बिहान स्थानीय मानिसहरूले झुन्डिएको अवस्थामा छोरा शव देखे। यसपछि विद्यालयभित्र रक्ताम्मे अवस्थामा बाबुको शव देखेको बताइएको छ। घटनाको खबर पाएर कुचलीबारी थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes