कुचबिहारमा भाजपाका बुथ अध्यक्षको घर तोड़फोड़ साथै लुटपाट गरेको तृणमूलविरुद्ध आरोप

कुचबिहार : भाजपाका बुथ अध्यक्ष तथा तिनका छोरालाई पिस्तोल देखाएर घर भत्काउनको साथै लुटपाट गरेको तृणमूलका केही दुष्कृतिहरूविरुद्ध अभियोग उठेको छ। उक्त घटना कुचबिहारको घुघुमारी इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार गत राति तृणमूलको स्थानीय पञ्चायत सदस्य लगायत केही दुष्कृतिहरूले पानीशाला अञ्चलको 171 नम्बर बुथका भाजपा अध्यक्ष दिलीप पालको घरमा हमला गरेको बताइएको छ। यसको साथै दिलीप पाल र तिनका छोरालाई पिस्तोल देखाएर दोकान भत्काइदिनको साथै त्यहाँ भएको सबै समानहरू लुटपाट गरेको आरोप रहेको छ। यसबाहेक तिनको घरभित्र पसेर सुनको बहुमूल्य गर-गहना लगायत केही नगद रुपियाँ लुटेर लैजानको साथै मार्ने धम्की समेत दिएको दिलीप पालले आरोप लगाएका छन्। उक्त घटनापछि आज पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको बताइएको छ। अर्कोतिर, तृणमूल कङ्ग्रेसमाथि लगाइएको सबै आरोपहरू झुटो रहेको तृणमूल जिल्ला अध्यक्ष पार्थ प्रतीम रायले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *