कुचबिहारमा भाजपा-को ‘सुन्नुहोस् कृषक भाई’ कार्यक्रम

कुचबिहार : कुचबिहार नाटाबारी विधानसभा केन्द्रको झिनाईडाङ्गा हरिमन्दिर इलाकामा भाजपा-को सुनुन चासी भाई अर्थात् सुन्नुहोस् कृषक भाई कार्यक्रमको आयोजना गरियो। यस अवसरमा सायन्तन बसुले कृषि बीलबारे विरोध दलले गलत प्रचार गरिरहेको बताउँदै केन्द्र सरकारले कृषकहरूको हितको लागि उक्त बील पारित गरेको हो। उक्त कृषि बीलमार्फत् कृषकहरूले फसलको आफ्नो इच्छाअनुसार बिक्री गरेर उचित मूल्य पाउनेछन्। राज्यका सत्तारूढ पार्टीले कृषि बीलबारे मानिसहरूलाई गलत प्रचार गरेर दिक्‌भ्रमित पारिरहेको तिनले आरोप लगाए। उक्त कार्यक्रममा भाजपा राज्य महासचिव सायन्तन बसु, भाजपा जिल्ला सभापति मालती राभा राय, महासचिव सञ्जय चक्रवर्ती लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *