कुचबिहारमा व्यवसायीलाई गोली हानेर हत्या, टायर जलाएर स्थानीयहरूद्वारा विक्षोभ

कुचबिहार : कुचबिहारको 4 नम्बर वार्डमा आज बिहानै एकजना व्यवसायीलाई गोली हानेर हत्या गरेको घटनाले इलाकामा सनसनी मच्चियो। मृतक व्यवसायी प्रान्तेश साहाको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान दुईजना युवक नम्बरप्लेट विहीन बाइकमा सवार भएर उक्त इलाकामा आएर प्रान्तेश साहालाई गोली हानेर त्यहाँबाट चम्पट कसेको बताइएको छ। यसपछि घाइते अवस्थामा प्रान्तेशलाई उद्धार गरेर कुचबिहार एमजेएन मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले मृत घोषित गरिदिए। उक्त घटनासित राजनैतिक सम्बन्ध छ अथवा छैन भन्नेबारे हालसम्म थाहा लागेको छैन। अर्कोतिर, उक्त घटनाले गर्दा इलाकामा उतप्तको माहौल सृजना भएको छ। घटनाको विरोध जनाउँदै इलाकावासीहरूले टायर जलाएर सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगे तापनि प्रदर्शनकारीहरूले पुलिसलाई लक्ष्य गरेर ढुङ्गाले प्रहार गरेको आरोप रहेको छ। यसपछि परिस्थिति नियन्त्रणमा ल्याउनको लागि पुलिसले आँशु ग्यास छोड्नको साथै घटनामा केही मानिसहरूलाई हिरासतमा लिएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes