कुचबिहारमा करेन्ट लागेर युवकको मृत्यु

कुचबिहार : शिवरात्रिको अवसरमा रुखमा झण्डा लगाउने क्रममा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। उक्त घटना आज बिहान कुचबिहारको खागराबारी ग्राम पञ्चायतको बालापाडा इलाकामा घटेको हो। मृतक युवकको नाम महेन्द्र बिन बताइएको छ। प्राप्त जानकारी अनुसार शिवरात्रिको अवसरमा आज बिहान एकजना युवक बालापाडा इलाकाको शिव मन्दिरमाथि बरको रुखमा काँचो बाँसको सहयोगमा झण्डा लगाउन चढेका थिए। रुखमा 33 हजार भोल्टको बिजुलीको तार थियो। बाँस काँचो रहेकोले गर्दा बिजुलीको सम्पर्कमा आएर युवकको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर कुचबिहार दमकल विभागको एउटा इञ्जिन तथा पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुगेर युवकको शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *