कुचबिहारमा धेरै मात्रामा आग्नेयास्त्रसहित 3 पक्राउ

कुचबिहार : कुचबिहार कोतवाली थाना पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर धेरै मात्रामा आग्नेयास्त्रसहित 3 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू दिनहाटा थाना इलाका निवासी क्रमैले 44 वर्षीय सोलेमान मियाँ, 21 वर्षीय राणा हक र 22 वर्षीय आजिनुर हकको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गोप्य सूचनाको आधारमा आज बिहान पुलिसले घुघुमारी रेल गेट इलाकामा अभियान चलाएर आग्नेयास्त्रसहित 3 जनालाई पक्राउ गरेको बताइएको छ। पुलिसले तिनीहरूबाट 7 वटा अटोमेटिक पिस्तोल, 8 वटा देशी पिस्तोल, 140 राउण्ड जिउँदो कार्तुस, 15 वटा म्यागजिन उद्धार गरेको छ। उक्त आग्नेयास्त्र बिहारबाट ल्याइरहेको थियो भने यी आग्नेयास्त्रहरू कहाँ लगिरहेको थियो भन्नेबारे जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *