कुचबिहारमा गणेश पुजाको आयोजना

कुचबिहार : कोरोना महामारीको समयमा पनि कुचबिहारको भवानीगञ्ज बजारको डालपट्टी हनुमान मन्दिरको तर्फबाट गणेश पुजाको आयोजना गरियो। स्वास्थ्य नियमहरूलाई पालन गर्दै गणेश पुजा गरियो। पुजा कमिटीको तर्फबाट दिएको जानकारीअनुसार प्रत्येक वर्ष नै उक्त कमिटीले विभिन्न कार्यक्रमको माध्यमद्वारा गणेश चतुर्थी मनाउने गर्दछ। कोरोना महामारीलाई ध्यानमा राखेर यस वर्ष सबै नियमहरू पालन गर्दै सबैले माक्स लगाएर भगवान गणेशको पुजा-अर्चना गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *