कुचबिहारमा झुन्डिएको अवस्थामा आमा-छोराको शव उद्धार

कुचबिहार : कुचबिहार जिल्लाको दिनहाटा 2 नम्बर ब्लकको गोबराछाडा नयारहाट ग्राम पञ्चायत इलाकामा झुन्डिएको अवस्थामा आमा-छोराको शव उद्धार भएको छ। मृतकहरूमा रसमेला बर्मन र अमूल्य बर्मन सामेल छन्। प्राप्त जानकारीअनुसार आज बिहान परिवारका सदस्यहरूले कोठामा आमा र छोराको झुन्डिएको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर दिनहाटा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। छोरा अमूल्य बर्मन भिन्नै राज्यमा काम गर्दथे भने दुर्घटनाको शिकार भएपछि तिनी हाल घरमै बस्दै आइरहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *