कुचबिहारमा कर्मचारी संयुक्त मञ्चद्वारा दिलीप घोषलाई सम्मान

कुचबिहार : कुचबिहार-2 नम्बर खण्डको पुन्डीबाड़ी उत्तरबंग कृषि विश्वविद्यालय अघि भाजपा प्रदेश अध्यक्ष दिलीप घोषलाई सम्मान जनाइयो। कर्मचारी संयुक्त मञ्चको तर्फबाट उत्तरबंग कृषि विश्वविद्यालय अघि दोस्रोपल्ट भाजपाका प्रदेश अध्यक्ष चयन भएकोमा दिलीप घोषलाई सम्वर्द्धना जनाइएको बताइएको छ। यस अवसरमा दिलीप घोष, भाजपाका कुचबिहार जिल्ला अध्यक्षा मालती राभा रायलगायत अन्य नेतृत्वहरू उपस्थित थिए। सम्मान कार्यक्रम मञ्चबाट भाजपा प्रदेश अध्यक्षले राज्य सरकार तथा तृणमूल नेत्री ममता ब्यानर्जीमाथि कटाक्ष कसे। तिनले विश्वविद्याल तथा शिक्षा प्रतिष्ठानहरूमा अराजकता चलिरहेको आरोप लगाउँदै यहाँ भाई-भतीजावादको क्रम जारी रहेको बताए। यसपछि यहाँबाट तिनी सोझै फालाकाटामा आयोजित अभिनन्दन यात्रामा सामेल हुनको लागि प्रस्थान भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *