कुचबिहारमा खोलियो उचित मूल्यमा आलुको दोकान

कुचबिहार : आलुको मूल्यमा नियन्त्रण गर्ने उद्देश्य लिएर कुचबिहार जिल्ला प्रशासनको तर्फबाट आज यहाँको भवानीगञ्ज बजार एवम् डोडोवार हाटामा उचित मूल्यमा आलुको दोकान खोलएको छ। उक्त दोकानको कुचबिहार सदर महकुमाशासक सञ्जय पालले उद्घाटन गरे। उक्त दोकानमा 27 रुपियाँ प्रति किलोको दरले आलु बिक्री भइरहेको छ। यहाँका व्यवसायीहरूसित कुराकानी गरेपछि उचित मूल्यको आलुको दोकान खोलिएको सञ्जय पालले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *