कुचबिहारमा ल्यापटप, चोरीका सामानहरू सहित युवक पक्राउ

कुचबिहार (निसं): कुचबिहारको पुन्डीबाडी थाना पुलिसले गोप्य सुइँको थाहा पाएपछि आफ्नो इलाकामा अभियान चलाएर 23 वटा ल्यापटप लगायत अन्य केही सर-समानहरू उद्धार गरेको छ। उक्त घटनामा एकजना आरोपीलाई पनि पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम सञ्जय दास रहेको छ। आज कुचबिहार जिल्ला पुलिस अधीक्षक द्युतिमान भट्टाचार्यले एउटा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएका छन्। यस अवसरमा तिनले दिएको जानकारी अनुसार गोप्य सूत्रको आधारमा गत राति कुचबिहारको पुन्डीबाडी थाना इलाकामा अभियान चलाएर सञ्जय दास नामक युवकलाई पक्राउ गरेको छ।  तिनासित खोजबिन गर्दा 23 वटा ल्यापटप, 6 वटा ट्याब, 10 वटा मोबाइल फोन लगायत अन्य केही सर-समानहरू पुलिसले उद्धार गरेको छ। फेला परेका सर-समानहरू देशको विभिन्न ठाउँबाट चोरी गरिएको थियो। पक्रा परेका आरोपीलाई अदालतमा पेश गरेर हिरासतमा लिइने तिनले बताएका छन्। यसको साथै पुलिसले घटनाको जाँच गरिरहेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *