कुचबिहारमा लक डाउनको प्रभाव कम, वाहनसहित धेरैजसो मानिसहरू सड़कमा

कुचबिहार: राज्य सरकारले लक डाउनको घोषणा गरे तापनि कुचबिहार शहरमा यसको प्रभाव अति कम परेको देखियो। कुचबिहारमा आज बिहानैदेखि मानिसहरू लक डाउनको पर्वाह नगरी सड़कहरूमा घुमफिर गरिरहेका छन्। बजारमा टोटा, स्कूटी, बाइक लगायत अन्य वाहनहरूको चलाचल जारी गरेको देखियो। यसको साथै केही दोकानहरू पनि आज बिहानैदेखि खुल्लै रहेको छ। प्रशासनले मानिसहरूलाई भीड़ नगर्ने अपिल गरे तापनि यसको कुनै पर्वाह नगरी कुचबिहारको भवानीगञ्ज बजार, नतुनबजार सहित विभिन्न मोड़हरूमा मानिसहरूको जमघट देखा पऱ्यो। तथापि आज बिहान पुलिस प्रशासनद्वारा गश्ती लगाएर केही दोकानहरू बन्द गरे तापनि दिउँसोको समय यहाँका सडकहरूमा मानिसहरूको भीड़ लागेको देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *