कुचबिहारमा नदी किनारबाट युवकका शव उद्धार  

कुचबिहार (निसं): रहस्यमय ढंगमा नदी किनारबाट एकजना युवकको शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। उक्त घटना कुचबिहारको पुन्डीबारी थाना अन्तर्गत खापईडांगा इलाकाको हो। आज बुधवार बिहान स्थानीय मानिसहरूले युवकको शव नदी किनारमा एउटा रूखमुनि देखे। यसपछि पुलिसलाई घटनाको खबर दिए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेको छ।  


स्थानीय सूत्रले दिएको जानकारी अनुसार मृतक युवकको नाम प्रोसेन जीत सरकार हो। मंगलवार बिहान तिनको आफ्नो स्वास्नीसित झगडा भएको थियो। त्यही समय युवकको स्वास्नीले विष खाएर आत्महत्या गर्ने कोशिश गरेको थियो। हाल तिनकी स्वास्नीको चिकित्सा कुचबिहारको एउटा निजी अस्पतालमा चलिरहेको छ। हिजोको उक्त घटना पछि आज बिहान युवकको शव उद्धार गरेको बताइको छ। शवलाई उद्धार गरेर पुलिसले पोस्टमार्टमको लागि कुचबिहार एमजेएन मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। पुलिस घटनाको जाँचमा जुटेको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *