कुचबिहारमा निजी स्कुलको निर्माणाधीन भवन भत्किँदा एकजनाको मृत्यु, धेरैजना घाइते

कुचबिहार : कुचबिहार 2 नम्बर ब्लक अन्तर्गत काकरीबारी इलाकामा एउटा निजी स्कुलको निर्माणाधीन भवन भत्किँदा एकजना श्रमिकको मृत्यु भएको छ भने अन्य धेरैजना श्रमिकहरू घाइते भएका छन्। उक्त घटनापछि स्कुल प्रबन्धन घटनास्थलबाट भागेको बताइएको छ। उक्त घटनालाई लिएर स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। घटनाको खबर पाएर दमकल विभाग, पुलिस तथा प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगे भने सिभिल डिफेन्सका कर्मीहरूले उद्धार कार्य शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *