कुचबिहारमा नुहाउन गएकी 2 जना किशोरी तोर्षा नदीमा डुबेर निखोज

कुचबिहार : तोर्षा नदीमा नुहाउन गएकी दुईजना किशोरी नदीमा डुबेर निखोज भएकी छन्। उक्त घटना कुचबिहारको पुन्डीबारी थाना अन्तर्गत टाकागाछ कारिशाल इलाकामा घटेको हो। निखोज किशोरीहरूमा सोनाली दास (12) र ऋत्विका दास (13) सामेल छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार तोर्षा नदीमा चारजना मिलेर नुहाउन गएको समय सोनाली र ऋत्विकालाई नदीले बगाएर लगेपछि निखोज भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरू नदीमा ओर्लिएर तिनीहरूको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि घटनाबारे पुलिस तथा सिभिल डिफेन्स टीमलाई खबर दिए। घटनाको खबर पाएर पुन्डीबारी थाना पुलिस र सिभिल डिफेन्स टीम घटनस्थलमा पुगेर दुई किशोरीको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *