कुचबिहारमा फेरि 14 जना कोरोना संक्रमित

कुचबिहार : कुचबिहारमा कोरोनाको 14 वटा नयाँ मामिला आज अघि आएको छ। तीमध्ये एकजना स्वास्थय कर्मी रहेको कुचबिहार जिल्ला प्रसाशन सूत्रले जानकारी गराएको छ। यसलाई लिएर अब कुचबिहारमा कोरोना संक्रमितहरूको संख्या मोठ 157 वटा भएको छ। प्राप्त जानकारी अनुसार कोरोना संक्रमित स्वास्थ्य कर्मी कुचबिहार शहरमा भाडाको घरमा बस्दै आइरहेका थिए। कुचबिहार जिल्ला प्रसाशनको तर्फबाट हाल उक्त इलाकालाई कन्टेनमेन्ट जोन घोषित गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *