कुचबिहारमा पुल मुनिबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

कुचबिहार : तोर्षा नदीको पुल मुनिबाट झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। उक्त घटनाले कुचबिहारको खागराबारी ग्राम पञ्चायतको रूपनगर इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले पुल मुनि एउटा रुखमा झुन्डिरहेको अवस्थामा व्यक्तिको शव देखेपछि घटनाबारे पुन्डीबारी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। समाचार लेखुञ्जेलसम्म मृतक व्यक्तिको परिचय थाहा लागेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *