कुचबिहारमा राष्ट्रिय मतदाता दिवस पालन

कुचबिहार : अन्य ठाउँहरूमा झैं कुचबिहारमा पनि राष्ट्रिय मतदाता दिवस जिल्ला प्रशासनको तर्फबाट पालन गरियो। जिल्ला चुनाउ आयोग तथा जिल्ला प्रशासनको तर्फबाट राष्ट्रिय मतदाता दिवसलाई लिएर जिल्ला शासक कार्यालय अघिल्तिरबाट एउटा ऱ्याली पनि निकालिइयो। क्त ऱ्यालीले कुचबिहार शहरको विभिन्न सड़कहरूको परिक्रमा गरेपछि अन्तमा फेरि जिल्ला शासक कार्यालयमा आइपुगेर समाप्त भयो।


   

यसपछि कार्यालयको लेन्सडाउन हलमा आयोजित कार्यक्रममा नयाँ मतदाताहरूलाई भोटर कार्ड वितरण गरियो। कार्यक्रममा कुचबिहार जिल्ला शासक पवन कादियान, अतिरिक्त जिल्ला शासक गञ्ज उपस्थित थिए। कार्यक्रममा एक सय वर्ष पुगिसकेका चारजना मतदातालाई पनि सम्मानित गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *