कुचबिहार सडक दुर्घटनामा सीबीआई-का दुईजना अधिकारी घाइते

कुचबिहार (निसं): सडक दुर्घटनामा सीबीआई-का दुईजना अधिकारी घाइते भएका छन्। उक्त घटना कुचबिहारको सात माइल इलाकामा भएको हो। घाइते अधिकारीहरू अफसर आलम र विवेक त्रिपाठीलाई कुचबिहारको एउटा नर्सिङ होममा भर्ना गरेपछि हाल तिनीहरू उपचाराधिन अवस्थामा छन्। प्राप्त जानकारी अनुसार एउटा वाहनमा सवार भएर सीबीआई-को टीम कुचबिहारबाट माथाभाङ्गा गइरहेको समय सात माइल संलग्न इलाकामा सीबीआई अधिकारीहरूको वाहन एउटा ट्रकसित ठोक्किँदा वाहन चालक लगायत दुई जना अधिकारी घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर कुचबिहार अस्पतालमा लगिएको छ। तथापि, सीबीआई अधिकारीहरूले उक्त घटनाबारे कुनै प्रकारको आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तथापि, कुचबिहार दक्षिण विधानसभा क्षेत्रका विधायक निखिल रञ्जन दे-ले घाइते भएका सीबीआई अधिकारीहरूसित भेट गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *