कुचबिहारमा सडक दुर्घटनामा 1 जना छात्रको मृत्यु, अन्य 1 जना घाइते

कुचबिहार: कुचबिहारमा सड़क दुर्घटनामा एकजना छात्रको मृत्यु भएको छ भने अन्य एकजना छात्र गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना आज बिहान कुचबिहारको नेशनल हाईवे-31 संलग्न चकचका हरि मन्दिर इलाकामा घटेको हो। मृतक छात्र चयन राय र घाइते छात्र अपूर्व सरकारको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार कुचबिहारको खपाईडाङ्गा इलाकाबाट ती दुई छात्र टोटोमा सवार भएर चकचकातर्फ गइरहेको समय हरि मन्दिर रोड पार गर्दा तुफानगञ्जतर्फबाट आइरहेको एउटा ट्रक बीच सडकमा आइपुग्दा ती दुई छात्र आफ्नो ज्यान बचाउन टोटोबाट हाम फाल्दा दुवै ट्रकको चपेटमा आउँदा तीमध्ये एकजना छात्रको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एकजना छात्र गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरू लगायत दमकल विभागका कर्मीहरूको सहयोगमा गम्भीर घाइते अवस्थामा एकजना छात्रलाई उद्धार गरेर निजी अस्पतालमा भर्ना गरेपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। घटनाको खबर पाएर पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुगेर ट्रक जफत गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *