कुचबिहारमा सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम

कुचबिहार : कुचबिहार जिल्ला पुलिसको आयोजनामा आज सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम अन्तर्गत बिना हेलमेट तथा सीट बेल्ट बिनै वाहन चलाउने चालकहरूलाई गुलाबको फूल तथा चकलेट दिएर ट्राफिक नियमबारे सचेतना गराइयो। कुचबिहार शहरको पुलिस लाइनको सड़कमा आज जिल्ला पुलिस डीएसपी ट्राफिक चन्दन दासको नेतृत्वमा यो कार्यक्रमको आयोजना गरियो।


हेलमेट नलगाई मोटर बाइक चलाउने तथा सीट बेल्ट बिना गाड़ी चलाउने चालकहरूलाई पुलिसले रोकेर तिनीहरूलाई गुलाबको फूल तथा चकलेट दिनको साथै ट्राफिक नियमहरूबारेमा पनि आवश्यक जानकारी अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *