कुचबिहारमा साई बाबाको पूजा अनुष्ठान

कुचबिहार: कुचबिहार स्टेशन मोड शिर्डी साई बाबा मन्दिर कमिटीको तर्फबाट सप्तम वार्षिक साई बाबाको पूजा अनुष्ठान धुमधामसँग आयोजना भइरहेको छ। आज बिहान पूजा अर्चना गरेपछि साई बाबाको प्रतिमालाई पालकीमा राखेर भव्य रूपमा शोभायात्रा यहाँको स्टेशन चौराहा साई बाबा मन्दिर नजिकबाट निकालिइयो।


यस शोभायात्रामा कुचबिहार जिल्ला पुलिस अधीक्षक डाक्टर सन्तोष निम्बालकर, डीएसपी ट्राफिक चन्दन दास, कोतवाली थानेका आइसी सोमोयजीत राय, साई बाबा मन्दिर कमिटीका कार्यकर्ता अभिजीत दे, भौमिक शाहालगायत धेरै सख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो। यस धार्मिक अनुष्ठानमा साई बाबाको पूजालाई केन्द्र गरेर दिनभरि यज्ञ गरिनको साथै साँझमा सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *