कुचबिहारमा समान बोकेको ट्रक पस्यो सोझै घरभित्र, 2 जना घाइते

कुचबिहार (निसं): कुचबिहार जिल्लाको माथाभांगा कलेज मोड पेट्रोल पम्प सामु एउटा बसलाई बचाउने प्रयास गर्दा समान बोकेको एउटा ट्रक अनियन्त्रित भएर सोझै सडक किनारमा रहेको एउटा घरभित्र पस्यो। उक्त घटनामा 2 जना घाइते भएका छन्।


स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान एउटा ट्रक माथाभांगा कलेज मोडतर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा बसलाई बचाउने प्रयास गर्दा सडक किनारको बिजलीको खम्बासित ठोक्किए पछि सोझै घरभित्र पस्यो। उक्त घटनामा ट्रक चालक सहित एकजना अन्य व्यक्ति घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै उद्धार गरेर माथाभांगा महकुमा अस्पतालमा भर्ना गरिएको छ।  अर्कोतिर, घटनाको सूचना पाएर माथाभांगा थाना पुलिस अनि अग्निशमन विभाग घटनामा पुगेको थियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *