कुचबिहारमा सुन दोकानबाट बहुमूल्य गर-गहना सहित नगद रुपियाँ चोरी

कुचबिहार : कुचबिहार जिल्लाको दिनहाटा साहेबगञ्ज थाना अन्तर्गत शालमारा बजारमा रहेको एउटा सुन दोकानमा चोरी भएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति नाजिरहाट 2 नम्बर ग्राम पञ्चायतको शालमारा बजारमा लगभग 15 जनाको चोरको एउटा दलले सुन दोकानको सटर भत्काएर बहुमूल्य गर-गहना सहित नगद रुपियाँ चोरी गरेर चम्पट कसेको बताइएको छ। पुलिसले घटनाबारे दोकान मालिक अनन्त सरकारलाई खबर दिएपछि तिनी तत्कालै दोकानमा आइपुगे। यसपछि तिनले दोकानभित्र पसेर हेर्दा त्यहाँ राखेको क्यास बक्सबाट नगद 25 हजार रुपियाँ लगायत लगभग लाख रुपियाँको सुन तथा चाँदीको गर-गहना चोरी भएको थाहा पाए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.