कुचबिहारमा सुन दोकानमा लाखौँ रुपियाँको चोरी

कुचबिहार : कुचबिहार चिलकिरहाट बजारस्थित एउटा सुन दोकानमा लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना सहित नगद लगभग 5 लाख रुपियाँ चोरी भएको छ। आज बिहान स्थानीय मानिसहरूले सुन दोकानमा चोरी भएको थाहा पाएपछि घटनाबारे दोकान मालिकलाई खबर दिए। दोकान मालिक प्रशान्त बर्मन तत्कालै घटनास्थलमा पुगेर हेर्दा दोकानको सटर भत्केको अवस्था रहेको साथै दोकानबाट लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना, नगद लगभग 5 लाख रुपियाँ चोरी भएको बताए। उक्त घटनापछि स्थानीय व्यवसायीहरूले पुलिस प्रशासनविरुद्ध क्षोभ प्रकट गरे। तिनीहरूको आरोप अनुसार यसभन्दा अघि पनि उक्त बजारमा चोरीको घटना घटे तापनि पुलिसले कुनै पदक्षेप ग्रहण गरेको छैन। घटनास्थलदेखि केवल 200 मिटरमा पुलिस क्याम्प रहे तापनि यस प्रकारको चोरीको घटना घटेकोले गर्दा व्यवसायीहरूले प्रश्न चिन्ह खडा गरे। उक्त बजारका व्यवसायीहरूले असुरक्षित महसुस गरिरहेका छन्। चाँडै पुलिस प्रशासनको तर्फबाट कुनै पहल नगरेको खण्डमा आन्दोलन गर्ने व्यवसायीहरूले चेताउनी दिएका छन्। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *