कुचबिहारमा तीन दिने अन्तर्राष्ट्रिय सेमिनार शुरू

कुचबिहार : कुचबिहार पन्चानन वर्मा विश्वविद्यालयको आयोजनामा बिहाबारदेखि तीन दिने अन्तर्राष्ट्रिय सेमिनार शुरू भएको छ। तीन दिने उक्त सेमिनारमा अमेरिका, ईरान, फ्रान्स, भुटान, बङ्ग्लादेश आदि विभिन्न देशका विश्वविद्यालयहरूका प्राध्यापक एवम् उप कुलपतिहरूले अंश ग्रहण गर्ने भएको छ। बिहिबार उत्सव अडिटोरियम हलमा उक्त सेमिनारको शुभारम्भ गरियो। यस अवसरमा पन्चानन वर्मा विश्वविद्यालयका उप कुलपति देव कुमार मुखर्जी, राज्य प्राथमिक विद्यालय काउन्सिलका चेयरम्यान मानिक भट्टाचार्य आदि शीर्ष व्यक्तिहरू उपस्थित थिए। तीन दिने उक्त सेमिनारमा विभिन्न विषयहरूमा चर्चा-परिचर्चा गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *