कुचबिहारमा ट्रेनले काटेर व्यक्तिको मृत्यु

कुचबिहार : कुचबिहारको न्यु गोसाईरहाट रेल स्टेसन संलग्न इलाकामा ट्रेनले काटेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति मनेश्वर बर्मनको रूपमा चिन्हित गरिएको छ। मृतक व्यक्ति पेशाले कुखुरा विक्रेता हुन्। आज बिहान ट्रेनले काटेर तिनको मृत्य भएपछि स्थानीय मानिसहरूले घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर आरपीएफ तथा माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि माथाभाङ्गातर्फ लगियो। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *