कुचबिहारमा वीर चीला रायको 513औँ जयन्ती पालन

कुचबिहार : कुचबिहार रोयल फ्यामिली सक्सेस वेलफेयर ट्रस्टको तर्फबाट वीर चीला रायको 513औँ जयन्ती पालन गरियो। कुचबिहार नगरपालिका नजिक स्थित चीला रायको सालिग अघि एउटा कार्यक्रमको माध्यमद्वारा आज तिनको जयन्ती पालन गरियो। कार्यक्रममा उपस्थित शीर्ष व्यक्तिहरूले चीला रायको सालिगमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा तुफानगञ्ज विधानसभा केन्द्रका भाजपा विधायक मालती राभा राय, कुचबिहार नगरपालिकाका चेयरम्यान रवीन्द्रनाथ घोष, जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष अभिजीत दे भौमिक, जिल्ला तृणमूल चेयरम्यान गिरिन्द्रनाथ बर्मन सहित रोयल फ्यामिलीका सदस्यहरू उपस्थित थिए। चीला रायको जयन्तीको उपलक्ष्यमा कुचबिहार रोयल फ्यामिली सक्सेस वेलफेयर ट्रस्टको तर्फबाट आजको दिनलाई विदाको दिन घोषित गर्ने साथै पाठ्य पुस्तकहरूमा चीला रायको विषयमा प्रकाश पार्ने अनुरोध गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *