कुचबिहारमा विवेक चेतना उत्सव

कुचबिहार : स्वामी विवेकानन्को 157औ जन्म जयन्तीको उपलक्ष्यमा पश्चिम बंगाल सरकार युवा कल्याण विभागको तर्फबाट विवेक चेतना उत्सवको आयोजना गरियो। कुचबिहार नगरपालिका स्तरको विवेक चेतना उत्सवको आयोजना आज यहाँको महारानी इन्दिरा देवी हाई स्कूलमा गरियो। आज बिहान कुचबिहार जिल्ला शासक कार्यालय परिसरबाट विवेक चेतना उत्सवलाई लिएर एउटा शोभायात्रा पनि निकालिइयो भने महारानी इन्दिरा देवी स्कूलमा पुगेर समापन भयो।


उक्त शोभायात्रामा कुचबिहार जिल्ला शासक पवन कादियान, नगरपालिका चेयरम्यान भूषण सिंह आदि प्रमुख रूपमा उपस्थित थिए। ऱ्यालीमा विभिन्न स्कूलका विद्यार्थीहरू पनि धेरै संख्यामा भेला भएका थिए। विवेक चेतना उत्सवको अवसरमा विभिन्न रङ्गारंग कार्यक्रमहरूको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *