कुचबिहार मेडिकल कलेजमा पिउने पानीको व्यवस्था

कुचबिहार : बालाजी गुरुजी दरबार एवम् जैन श्वेताम्बर तेरापन्थी सभाको तत्वावधानमा कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालमा पिउने पानीको व्यवस्था शुरू गरिएको छ। आइतबार एउटा कार्यक्रमको माध्यमद्वारा उक्त पिउने पानी परियोजनाको कुचबिहारका जिल्लाशासक पवन कादियानले विधिवत् रूपमा उद्घाटन गरे। एमर्जेन्सी विभाग नजिक उक्त पिउने पानीको व्यवस्था गरिएको छ। मोठ साढे दुई लाख रुपियाँको लागतमा उक्त पिउने पानीको व्यवस्था गरिएको बताइएको छ। यस अवसरमा बालाजी गुरुजी दरबारका कमल किशोर अशोका लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *