कुचबिहार नगरपालिका चुनाउमा तृणमूलको जीत निश्चित : चन्द्रिमा भट्टाचार्य

कुचबिहार : कुचबिहार जिल्ला महिला तृणमूल कांग्रेसको तर्फबाट शनिबार नगरपालिका स्तरमा कार्यकर्ता सम्मेलनको आयोजना गरियो। यस कार्यकर्ता सम्मेलनमा मुख्य वक्ताको रूपमा राज्य महिला तृणमूल कांग्रेसकी सभा नेत्री तथा राज्यकी मन्त्री चन्द्रिमा भट्टाचार्य उपस्थित थिइन्। यसबाहेक उत्तर बंगाल विकास मन्त्री रवीन्द्रनाथ घोष, कुचबिहार जिल्ला तृणमूल कांग्रेस अध्यक्ष विनय कृष्ण बर्मन, राज्य महिला तृणमूल कांग्रेसकी कार्यकारी अध्यक्षा तथा विधायक माला साहा, कुचबिहार जिल्ला महिला तृणमूल कांग्रेस अध्यक्षा सुचिश्मिता देव शर्मालगायत जिल्लाका अन्य तृणमूल नेतागण उपस्थित थिए। उक्त सम्मेलनमा चन्द्रिमा भट्टाचार्यले आफ्नो सम्बोधनमा महिला तृणमूल कांग्रेस सदस्याहरूलाई घर-घर गएर प्रचार-प्रसार गर्ने निर्देश दिएको साथै आगामी नगरपालिका चुनाउमा तृणमूल कांग्रेसले जिल्लाको छह नगरपालिकामा जीत हासिल गर्ने बताइन्। यसबाहेक चन्द्रिमा भट्टाचार्यले एनआरसी अनि सीएए-बारे भाजपामाथि कटाक्ष कसे। यस सम्मेलनको माध्यमद्वारा तिनले महिलाहरूलाई अघि आएर तृणमूलको शक्ति बन्ने आह्वान पनि गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETonwin