कुचबिहार नगरपालिकाका 4 पार्षद तृणमूल कांग्रेसमा सामेल

कुचबिहार: नगरपालिका चुनाउभन्दा ठीक अघि हिजो शनिबार राति कुचबिहार नगरपालिकाका 4 जना पार्षद तृणमूल कांग्रेसमा सामेल भएका छन्। यी सामेल हुने पार्षदहरूमा दुईजना निर्दलीय पार्षद अनि रहल दुई माकपा पार्षद थिए भने अब तिनीहरूले तृणमूल कांग्रेसको झण्डा समाते। कुचबिहारको एउटा होटलमा तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष विनय कृष्ण बर्मन, उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *